कञ्चनपुर। कञ्चनपुर निर्माण व्यवसायी संघको १४औं कार्यकारीणी समितिको सफथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
गत भाद्र २५ गते सम्पन्न निर्माण व्यवसायी संघ कञ्चनपुरको १४ औं अधिवेशनबाट व्यवशायी निरञ्जनप्रसाद भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन भए पश्चात शनिवार सफथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो।
२५ गते सम्पन्न निर्माण व्यवसायी संघ कञ्चनपुरका निर्वाचन अधिकृत कृष्षदेव जोशीले नवनिर्वाचित अध्यक्ष निरञ्जन प्रसाद भट्टलाई अध्यक्ष भट्टले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सफत गराएका हुन्।
सफत ग्रहण तथा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष भट्टले आगामी कार्यकालमा आफ्नो बलबुताले भ्याएसम्म व्यवसायीहरुको हकहितका लागि काम गर्ने र सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
गत भाद्र २५ गते सम्पन्न भएको निर्माण व्यवसायी संघ कञ्चनपुरको निर्वाचनबाट भट्ट १५५ मतका साथ निर्वाचित भएका थिए। भट्टका प्रतिद्वन्द्वी पुष्पराज अवस्थीले ११३ मत ल्याएका थिए।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बहादुर चन्द, उपाध्यक्षमा देव बाहदुर चन्द, महासचिवमा योगेन्द्र ठकुराठी, सचिवमा सुर्य बहादुर चन्द निर्वाचित भएका थिए।