काठमाडौं। अत्याधिक गर्मी छल्न खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको ज्यान गएको छ। उदयपुरको त्रियुगा नगरपालिका– ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिएको छ।
खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर ज्यान गएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली पुगेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।