काठमाडौं। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन्।
बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए।
बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ।