काठमाण्डौं । एनसेल आजियाटाले ‘डेटा सधैं अन’ भन्ने आफ्नो नयाँ अभियानमा फोरजी सेवाको विस्तार ल्याएको छ । उक्त अभियानले मोबाइल ब्रोडब्याण्डको सेवाबाट पाइने अबसरहरुबाट धेरै लाभहरु एनसेल साथ सधै कनेक्टेड र डेटा सधैँ अन रहन प्रोत्साहन गर्ने कुरा व्यक्त गरिएको छ ।
एनसेलले सो सेवालाई ५५० भन्दा बढी देशका स्थानीय तहसम्म विस्तार गरिसकेको छ भने बाकी रहेका ठाउँहरुमा पनि सेवा विस्तार गरिरहेको छ दुई तिहाइ भन्दा वढि जनसंख्यामा फोरजी सेवा विस्तार गरिसकेको जनाएको छ।
नेपालको डिजिटल यात्रामा उच्चगतिको इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी सेवाले महत्वपुर्ण योगदान दिदै आएको छ । सो फोरजी सेवाको लागी एनसेलले सिम सजिलै लिन सकिनछ भने थ्रीजी सिम प्रयोग उपभोक्ताहरुले पनि एनसेलको आधिकारिक स्टोरबाट सिमलाई फोजीसेवामा लान सकिने कम्पनीले बताएको छ ।
फोजी नेट राम्रोसँग चल्ने र सस्तो पनि हुने भएका कारणले गर्दा कोभिडपछि आफन्तहरु सँग सम्पर्कमा रहिरहन , घरबाटनै कार्यालयको काम लगाएत अनलाइन कक्षाहरु लगाएतका सम्पुर्णकाममा फोरजी सेवाले महत्वपुर्ण योगदान पुर्याएको ऐनसेलले बताएको छ । फोरजीको विस्तार भए सगैँ इन्टरनेटको पहुँच गाउँगाउँ सम्म पुगेको छ ।