काठमाडौं। चितवनको भरतपुर महानगरपालीका–९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–९ का ६२ वर्षीय प्राण जवारा रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
बिरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए।
ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ।