काठमाडौं। उपत्यकाको सडक सुधार र ट्राफिक व्यवस्थापनका लागी अध्ययन हुने भएको छ। सडक विभागसँगको समन्वय र जाइका नेपालको प्राविधिक सहयोगमा उपत्यकामा बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने गरी अध्ययन गर्ने भएको हो।
काठमाडौं उपत्यकामा सहरी यातायात व्यवस्थापनको परिचय दिने परियोजना अगाडी बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव शर्मा र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि युमिको आसाकुमारीबीच सम्झौतामा हस्ताक्षर भएको छ।
सडक विभागका अनुसार काठमाडौं उपत्यकामा बिहान र साँझको भीडमा ट्राफिक जाम बढेपछि यसलाई न्युनिकरण गरी भविष्यमा ट्राफिक दुर्घटना घटाउने उद्धेश्यसहित परियोजना अघि बढाउन लागीएको हो। उक्त परियोजना २०२२ को फेब्रुअरी बाट सुरुभई २०२५ को अगस्ट सम्म लागु हुनेछ।
ट्राफिक जामलाई कम गर्न र सडक सुरक्षा प्रवद्र्धन गर्न आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाउने भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शार्माले बताए। उनका अनुसार ट्राफिक जाम घटाउन र सडक सुरक्षा प्रवद्र्धन गर्न आवश्यक भएकाले जाइकाको सहयोगमा नै अध्ययन हुन लागेको हो।