सुर्खेतको बिरेन्द्रनगरमा खेलकुद विकास परिषद्ले प्रादेशिक रंगशाला निर्माण गर्ने भएको छ। अहिलेका युवाहरुलाई मध्येनजर गर्दै उक्त रंगशालाको निर्माण गर्ने भएको हो।
खेलकुद विकास परिषदका अनुसार एउटा स्तरीय रंगशाला नहुँदा प्रदेश र जिल्ला स्तरका प्रतियोगिता पनि धुले मैदानमै आयोजना हुने गरेका छन्। खेलाडीहरूले पनि खुला चौर र धुलोमै अभ्यास गर्नुपर्ने बाध्यता छ।यही आवश्यकतालाई ध्यानमा राखी प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला बनाउने योजना अगाडि सारिएको छ।
वीरेन्द्रनगरमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्न सक्ने क्षमताको हुनेछ। योसँगै अन्तर्राष्ट्रिय पौडी संघको मापदण्ड अनुसारको पौडी पोखरी र कबर्ड हल पनि निर्माण गरिने छ। जसले गर्दा खेलाडीहरूलाई सहज हुनेछ।