एजेन्सी । भारतको उत्तराखण्डस्थित पौडी गढवाल जिल्लामा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ।
जन्ती लिएर हरिद्वारबाट काडँगाउमा जाँदै गरेको बस मंगलवार राति दुर्घटना भएको हो । उक्त बस सिमडी गाउँमा पुग्दा ८ बजेतिर ५०० मिटर तल खसेको बताइएको छ। राति दुर्घटना हुँदा उद्धारमा कठिनाइ भएको थियो। स्थानीयले मोबाइलको फ्ल्यास लाइट बालेर यात्रुहरुको खोजी गरेका थिए।
बसमा ५० जना जन्ती रहेकोमा २१ जनाको उद्धार भएको उत्तराखण्डाका डिजीपी अशोक कुमारले बताएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताएका छन्।