काठमाण्डौं । बिपी राजमार्गमा चल्ने गाडीहरुको चार्ज गर्ने उद्धेश्यले दिगो ग्रुप अफ कम्पनिले सिन्धुलीको मुलकोटमा काठमाण्डौं सिन्धुली चल्ने विधुतीय ३० किलोपाट क्षमताको चार्जिङ स्टेसन संचालनमा ल्याएको छ । दिगोका अनुसार विधुतीय सवारीको चाप थपिएपछि स्टेसनको क्षमता बढाउनपनि सकिनेछ ।
हाल मुलकोटमा डिसी फास्ट चार्जर ३० किलोवाट क्षमताको जडान गरिएको र उक्त चार्जले बिपी राजमार्गमा चल्ने विधुतीय सवारी साधनलाई सेवा दिनेछ । दिगोले आफ्नो ब्रान्डको नाम दिगो चार्ज प्वाइन्ट’ दिएको छ ।
सो ग्रुपले चार्जिङ स्टेसन उद्घाटनमा विभिन्न पदका पदाधीकारीहरुको उपस्थितिमा कार्यक्रम गरेको कम्पनीले बताएको छ । हाल काठमाण्डौं देखी सिन्धुलीको रुटमा दिगोबाट बिक्री गरिएका विधुतीय गाडी २५० किलोमिटर रेन्ज भएको ११ सिटको माईक्रो बस संचालनमा छन् ।
यात्रुहरुको सुविधाको लागी होटलमा खाना।खाजा खादै गर्दा सवारी साधन चार्ज गर्न सकिने गरी मुलकोटको होटल परिसरमा फास्ट चार्जर जडान गरिएको छ जसले गर्दा लामो समय यात्रा गरेर होटल पुगेका यात्रुलाई पनि चार्जको समस्या हुने छैन । कम्पनिका अनुसार सो चार्जले विधुतीय माइक्रो बसहरुलाई बाटोमा नै चार्ज गर्ने सुविधा दिएको भएर एकै दिनमा धेरै पटक आवातजावत गर्ने अबसर दिएको कम्पनिको दावी रहेको छ ।
उक्त चार्ज प्वाइन्ट निजी क्षेत्रबाट गरेको पहल भएका कारणले गर्दा विधुतिय सवारी साधनलाई मुलुकका धेरै ठाउँमा यात्रा गर्न सजिलो बनाउने कम्पनिले बताएको छ । भविष्यमा पृथ्वी राजमार्गको कुरिनटारमा सो चार्जिङ स्टेसन जडान गर्ने घोषणा दिगो गरेको छ ।