काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले अनधिकृत ड्रोन नचलाउनको लागि सचेत गराएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै विभिन्न व्यक्ति वा समूहले मानवरहीत हाई उपकरण उडाएको सूचना आएको भन्दै निरीक्षण गर्ने जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ( ‘२ केजी तौलसम्मका लागि सम्बन्धित जिल्लामा र त्यसभन्दा माथिको लागि गृह मन्त्रालयबाट अनुमति प्राप्त गरेपछि मात्रै चलाउन जानकारी गराइन्छ ।’
