ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुर कन्ट्रोल रूमको स्तरोन्नति हुने भएको छ । अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न परिसरले कन्ट्रोल रूमको स्तरोन्नति गर्ने भएको हो ।
परिसरमा निर्माण भइरहेको कन्ट्रोल रूमको लागि परिसरले थप १० थान एलइडी टेलिभिजन प्राप्त गरेको छ। बिहीबार ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले स्मार्ट कन्ट्रोल रूम बनाउन परिसरलाई १० थान एलइडी टेलिभिजन हस्तान्तरण गरेका हुन्।
त्यसैगरी जिल्लामा सिसिटिभी थप गर्ने तयारी पनि भइरहेको छ । यसका लागि ललितपुर प्रहरीले ललितपुर महानगरपालिकासँग समन्वय गर्ने बताइएको छ ।