काठमाडौं। नवलपुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा अन्य २५ जना घाइते भएका छन् ।
मनकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नं २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
आइतवार बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ ।