सुर्खेत। नेपाल टेलिकमका टावरले काम नगर्दा जाजरकोटको पूर्वी क्षेत्रमा फोन सेवामा समस्या आएको छ । रुकुम पश्चिममा रहेको घेत्मा र बारेकोटको रतनकोटमा रहेको टावरमा दुई सातादेखि समस्या आएको हो।
बिहान र बेलुकी मात्र सामान्य काम गरे पनि दिउँसो फोनले काम नै नगर्ने बताइएको छ। नेपाल टेलिकम जाजरकोटलाइ पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको हो।
टावरमा समस्या आएको जानकारी पाएलगत्तै केन्द्रमा खबर पठाए पनि अहिलेसम्म मर्मतका लागि प्राविधिक नआएको नेपाल टेलिकम जाजरकोट शाखाले जनाएको छ।