थापाथली सडक बेलैमा सम्पन्न नभएको कारणले सवारी साधानको आवतजावतमा समस्या भएको छ । काठमाडौँ महानगरपालिकाको योजना अनुसार आर्थिक बर्षको मंगसिर देखि सुरु गरि असार सम्ममा निर्माणकार्य पुरा गरिनु पर्ने थियो ।
महानगरपालिकाका निर्माण प्रमुख थापाका अनुसार बर्खाको समय भएकाले सडकमा भएका खाल्टाहरु पुर्ने र हिड्न सहज बनाउने बताएका छन् । ढलको कारणले गर्दा मानब समुदायमा असर परेपछि ढलको काम पुरा नहुदै लकडाउन भयो र बैशाखबाट नै काम रोकिएको थियो ।
थापाका अनुसार भदौबाट सुरु गरि तिहारसम्म पुरा गर्ने र पिच गर्ने काम कार्तिकमा गरिने बताएका छन् । सडक निर्माणको काम कँडेल निर्माण सेवाले पाएको छ ।
सडकमा भएका खाल्टाखुल्टीमा जहाँ खनेको छ त्यो ठाउँमा पुर्न प्राधिकरणले निर्देशन दिईएको थापाले बताएका छन् ।