काठमाडौं। शहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले तिन वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। कार्यालयले हिजो सूचना प्रकाशित गर्दै समयमा काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
कार्यालयले प्रकाशित गरेको सूचनामा कार्यालयलसँग विभिन्न मितिमा निम्नानुसारको निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेतापनि तोकिएको समयभित्र निर्माण कार्य नगरेको र लामो समयसम्म निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै चासो नदेखाएको जनाएको छ।
कार्यालयबाट पटक पटक सम्पर्क गर्ने प्रयास हुँदा सम्पर्कमा रमेत नआएको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ। यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित आयोजना कार्यालयमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ।
अन्यथा, यसै सूचनालाई अन्तिम ताकेता मानि ठेक्का सम्झौताको सर्त अनुसार ठेक्क रद्द गरि कानुनी कारबाही अगाडी बढाइने कार्यालयले जनाएको छ।
कार्यालयले प्रकाशित गरेको सूचनामा नव निर्माण एण्ड कन्स्ट्रक्सन प्रा.लि, साहिसा निर्माण सेवा र अटुट इन्जिनियरिङ प्रा.लि रहेका छन्।
