काठमाडौं। रामेछापका एक जना निर्माण व्यवसायीको हत्याको आरोपमा ६ जना पक्राउ परेका छन्। मन्थली नगरपालिका–१० चनखुका ३९ वर्षीय राजन बस्नेतको ललितपुरको नख्खुमा कुटपीटबाट हत्या भएको हो।
आफन्तले जाहेरी दिएपछि बस्नेतको हत्याको आशंकामा ६ जनालाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरले जनाएको छ। प्रहरीका अनुसार आइतबार बिहान विष्णुदेवी मन्दिरमा पूजा गर्न जाँदा स्थानीयले छट्पटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धान भइरहेको बताइएको छ।
बस्नेत निर्माण व्यवसायीको काम गर्दै आएका थिए। उनको शवको पाटन अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। बस्नेतका दुई छोरा रहेका छन्। श्रीमती केहि समय अगाडि विदेश गएकी थिइन्।