अर्घाखाँची। सन्धिखर्क नगरपालिकामा जडान गरिएका अधिकांश सोलारबत्ती बिग्रेपछि सदरमुकाम अहिले अँध्यारो बनेको छ। तीन वर्षअघि सुडक बत्ती जडान भएपछि सार्वजनिक स्थान, बजारका गल्ली, चोकसहित सन्धिखर्क बजार रातभर झलमल्ल थियो । सन्धिखर्क नगरपालिकाले ४० लाख रुपैयाँ लगानी गरेर बजारका सबै गल्लीमा सोलार बत्ती जडान गरेको हो।
सोलार बत्ती जडानका लागि ठेक्का लिएको सिमुभाइ आइसिटी ट्रेनिङले सोलार प्यानलको १५ वर्ष, एलईडीको दुई वर्ष, ब्याट्रीको पाँच वर्ष वारेन्टी गरेको थियो । तर जडान गरेको ३ वर्षमा नै सोलार बत्ती बिग्रिएको छ। यस अवधिसम्म बत्तीमा समस्या आएमा कम्पनीले बनाइदिने, साँझ पर्नासाथ सोलार बत्ती आफैं बल्ने र बिहान उज्यालो भएपछि आफैं निभ्ने गरेका भएपनि अहिले सोलार बत्ती बिग्रेपछि सदरमुकाम अँध्यारो बनेको हो । तर हाल बत्ती मर्मतको लागि ठेकेदार कम्पनीले चासो देखाएको छैन्।
सोलार बत्तीले मध्यरातमा पनि ढुक्कले हिँडडुल गर्न सहज हुन्थ्यो तर अहिले जताततै अँध्यारो भएकाले स्थानीयलाई स।मस्या परेको छ। बत्ती बल्दा बजारबासीले सुरक्षित महसुस गरेको र अहिले अँध्यारोमा पसल र घर चोरीको डर बढेको तइहाँका स्थानीयको भनाई रहेको छ। त्यस्तै तिहार नजिकीदै गर्दा बत्ती बालेर पुरै नगरपालिका नै झलमल्ल बनाउनु पर्ने बेलामा सोलार बत्ती बिग्रिएपछि सदरमुकाम नै अधेरो भएको स्थानीयले बताएका छन्।