काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिकामा निर्वाचन अवधिभर बर्थिङ सेन्टर बन्द हुने भएको छ।
नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दैै आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि ५ दिन बर्थिङ सेन्टर हुने जनाएको हो ।
सूचना अनुसार कातिक ३० गतेदेखि मंसिर ४ गतेसम्म सेन्टरबाट हुने सुरक्षित मातृत्वसम्बन्धि सबै सेवा बन्द हुने छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि सेन्टरका सबै नर्सलाई खटाइएकोले सेवा बन्द गरेको पालिकाले जनाएको छ।