झापा। चुनाव नजिकिएसँगै ट्राफिक प्रहरीले सवारी जाँचलाई तीव्रता दिएको छ। इलाका प्रहरी कार्यालय दमक र इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधन जाँचलाई तीव्रता दिएको हो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार साँझदेखि बेलुकी १० बजेसम्म दमकसहित विभिन्न गौंडामा सवारी जाँचलाई तीव्रता दिइएको छ । प्रहरी निरीक्षकको कमाण्डमा विभिन्न ठाउँमा जाँच भइरहेको उनको भनाइ छ ।
अपरिचित व्यक्ति तथा शङ्कास्पद गतिविधिमा संलग्नहरुको पहिचान, चोरीका गाडी प्रयोग गरेर हुनसक्ने अपराध नियन्त्रण गर्नका लागि जाँचलाई कडाइ गरिएको जनाइएको छ । दमकमा मात्र एकसाता अघिदेखि निरन्तर रुपमा दमकका ३ देखि ४ ठाउँमा नियमित जाँच हुँदै आएको छ ।
सवारी चालक अनुमतिपत्र र सवारीको ब्लुबुक अनिवार्य बोकेको हुनुपर्ने, हेल्मेट लगाएको हुनुपर्ने जनाउँदै ट्राफिक नियम पालना नगर्नेलाई समेत जरिवाना र कारबाही गरिँदै आएको छ ।