काठमाडौं। चितवनको कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाले वडा नं. ३ फिस्लिङमा तरकारी संकलन केन्द्र निर्माण गर्ने भएको छ। सो गाउँपालिकामा पहिला पनि तरकारी संकलन केन्द्र निर्माण भइसकेको र फेरी पनि थप तरकारी संकलन केन्द्र आवश्यक परेको हुनाले निर्माण गर्न लागिएको कुरा इच्छाकामना गाउँपालिकाले जानकारी दिएको छ। सो गाउँपालिकामा उत्पादन भएको तरकारीलाई उचित व्यवस्थापन गर्ने उद्देश्यले तरकारी संकलन केन्द्र निर्माण गर्न लागिएको हो।
किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज संकलन र बिक्रीका लागि तरकारी संकलन केन्द्र निर्माण गर्न लागिएको हो। इच्छाकामना गाउँपालिका र आसपासका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुलाई लक्षित गरी सो संकलन केन्द्र निर्माणको योजनालाई अगाडी बढाइएको हो। इच्छाकामना गाउँपालिका बजार क्षेत्रको सडक आसपासमा तरकारी व्यवसाय गर्दै आएका साना व्यवसायीलाई समेत लक्षित गरी निर्माण गर्न लागिएको तरकारी संकलन केन्द्रको निर्माण गर्ने भएको कुरा गाउँपालिकाले जनाएको छ।