काठमाडौं। झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याएर सत्तारुढ गठवन्धनका उम्मेदवारलाई हराएका हुन् । लिम्बु निर्माण व्यवसायी समेत हुन्।
गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार ४ सय ४८ मत मात्र प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले पाँच हजार १० मत ल्याइन् ।