चितवन। भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। मृत्यु भएका पुरुषको पहिचान भने नखुलेको चितवन प्रहरीले जनाएको छ।
गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुरका ३८ वर्षीय तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नम्बरको भारतीय ट्रकले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो।
गम्भीर घाइते भएपछि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।