एजेन्सी। पाकिस्तानको राजनपुर जिल्लामा एक आतङ्कवादी समूहले छवटा प्रहरी चौकीमा आक्रमण गर्ने धम्की दिएको छ । मोस्ट वान्टेड अपराधीको हत्याको बदला लिनको लागि आतङ्कवादी समूहले प्रहरी चौकी ध्वस्त पार्ने धम्की दिएको हो।
यस हप्ताको शुरुमा अपराधीहरूले हिंसक झडपमा प्रहरी बल विरुद्ध रकेट लन्चर, मोर्टार र अन्य हतियारहरू प्रक्षेपण गरेका थिए। हालै भएको भिडन्तमा पाकिस्तानको डेरा गाजी खानका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) खुर्रम अली शाहका अनुसार पाकिस्तानका कुख्यात गिरोहका प्रमुख खुदा बुख्श लाउन्डलाई गोली हानाहानमा मारिएको थियो।
झडपमा पाँच प्रहरी सहित कम्तीमा १२ जना घाइते भएका थिए । सो झडपमा हतियारधारी आतङ्ककारीहरूले थुप्रै बुलेट प्रुफ गाडीहरू छोडेर भागेका थिए। यसबाहेक पञ्जाब प्रहरीले बलूच आतङ्कवादी समूहले दिएको कडा धम्कीको जवाफमा प्रहरी प्रतिकारका लागि तम्तयार रहेको बताइएको छ ।