काठमाडौं। मेलम्ची खानेपानी यही मंसिरभित्र काठमाडौँ उपत्यकामा आउने भएको छ। मेलम्ची खानेपानी विकास समितिले अहिले तीव्र रूपमा खानेपानी मुहानको माटो र ढुंगा पन्छाउने काम भइरहेको जनाएको छ।
विकास समितिका अनुसार अब बाढीले ल्याएको मुहानको माटो, ढुंगा हटाउने र पानी छिर्ने गेटको मर्मत गर्न बाँकी छ। ‘मुहानमा सफा गर्ने काम भइरहेको छ, अब त्यहाँ छिट्टै काम सकिन्छ। यो मंसिरभित्रमा त्यहाँको पानी काठमाडौं आउने जनाएको छ।
वर्षायाममा बन्द गरिएको मेलम्चीको मुहानमा कात्तिक ३० गतेदेखि माटो र ढुंगा पन्छाउने काम थालिएको थियो। ६ वटा एक्स्काभेटर र ६ वटा टिपर लगाएर लगातार काम भइरहेको विकास समितिले बताएको छ।