काठमाडौं। इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवाप्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर र बर्दिवासमा सेवा सुरु गरेको छ। यसका साथै देशका २४ सहरमा कम्पनीको इन्टरनेट र टेलिभिजन सेवा सुरु भएको छ।
कम्पनीका सिइओ सेवा पाठकले जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तार गरेको अवसर पारेर ग्राहकलाई उच्च क्षमताको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न निरन्तर लागी परेको बताइन्। कम्पनीका प्राविधिकहरु हमेसा त्यही उद्धेश्य लिएर कार्य सम्पादन गरिरहेको उनको भनाइ छ।
कम्पनीका अनुसार सेवा सुरु गरेको अवसर पारेर कम्पनीले एक बर्षे सेवा लिने ग्राहकलाई चार महिना तथा तीन महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई दुई महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने छ।
भायानेट नेपालमा फाइबर अप्टिकल इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो कम्पनी भएको दाबी गरेको छ। नेपालमा पहिलो पटक सन् २०१६ मा आइपी टिभी सेवा पनि सुरु गरेको जनाइएको छ। तीव्र गतिको इन्टरनेट सेवाप्रदायकका रुपमा कम्पनीले आइएसओ ९००१ः२०१५ प्रामाणिक भएको जनाएको छ।