काठमाडौं। हाल देशमा कुनै पनि वायुको प्रभाव नरहेको जल तथा मौसम पूवार्नुमान महाशाखाको भनाइ छ ।
शनिबार देशभरको मौसम सामान्यतया सफा रहने माहाशाखाको भनाइ छ ।
देशका हिमाली भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, मंगलबार प्रदेश १ का हिमाली भू–भागका एक–दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।