गोरखा। नेपालका प्रथम शहीद लखन थापामगर र उनको सहयोद्धाको योगदानको कदर गर्न स्थानीयले माग गरेका छन्। गत सोमबार अवलोकन भ्रमणका लागि काउलेभङ्गार पुगेका गण्डकी प्रदेशका उद्योग बाण्ज्यि तथा आपुर्तिमन्त्री मणीभद्र शर्मा कँडेललाई त्यहाँका स्थानीय सरोकारवालाहरुले ध्यानाकर्षण गराएका हुन्।
सोही अवसरमा लखन स्मारक विद्रोही किल्लाको पुननिर्माण तथा विकास गर्न स्थानीयले माग गरेका हुन। त्यस्तै लखन थापा मगरलाई राष्ट्रिय विभूति र उनका अन्य सहयोद्धाहरुलाई सहिद घोषना गर्नुपर्ने स्थानीयहरुको भनाई रहेको छ। हरेक वर्ष फागुन २ गते प्रथम सहिद दिवसको रुपमा सार्वजनिक बिदाको रुपमा उनिहरुको अमरत्व दिवस मनाउनुपर्ने सन्दर्भमा गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका छन्।
उक्त अवसरमा बाल्दे मन्त्रि कँडलले अमर किल्लाको पुननिर्माण तथा संरक्षणका लागि पहल गर्ने आश्वासन दिनुको साथै यसका लागि चालु आर्थिक वर्षमा बजेट प्राप्त हुने कुरा बताएका छन्। स्थानीयको मागबारे प्रदेश सरकारमा समेत छलफल गर्ने उनको प्रतिबद्धता रहेको छ।