काठमाडौं। सडक डिभिजन जनकपुरले समयमा काम नगर्ने १९ निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै समयमा काम नसक्ने निर्माण कम्पनीलाई निर्देशन दिएको हो।
कार्यालयले तोकिएका ठेक्काहरुको काम समयमै सम्पन्न गर्न पटक पटक ताकेता गर्दा पनि लामो समयदेखि निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै पनि चासो नदेखाएको कार्यालयले जनाएको छ। समयमै काम सम्पन्न गर्न यो सूचना प्रकाशित गरेको कार्यालयले जनाएको छ।
यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्रमा कार्य सम्पन्न गर्ने गरि साइटमा स्रोतसाधनहरु परिचालित गरि कार्यमा तिब्रता दिइ आधिकारिक प्रतिनिधि स्वयम अनिवार्य रुपमा कार्यालयमा उपस्थित भई कार्य सम्पन्न गर्ने सूनिश्चितता र विश्वसनिय आधार सहितको निर्माण सम्पन्न हुने कार्यतालिका पेश गर्न कार्यालयले अनुरोध गरेको छ।
अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानि ठेक्का अन्त्य गर्ने तर्फ कारबाहि अगाडी बढाईने कार्यालयले जनाएको छ।
