काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा किराँत राई समुदायअन्तर्गत पर्ने नाछिरिङ राईहरूको रिदुम खिम (मुन्धुम घर) निर्माण गरिने भएको छ ।गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा मुन्धुम घर निर्माण गरिने भएको हो ।
मुन्धुम घर निर्माणका लागि थ्रिडि नक्सासमेत सार्वजनिक गरिएको छ । २ करोड २८ लाख ५४ हजार ९२५ को लागतमा साढे तीनतले रिदुम खिम आगामी मङ्सिर पहिलो साता शिलान्यास गरेर निर्माणको काम थाल्ने तयारी गरिएको किराँत रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले जानकारी दिए ।
नाछिरिङ राई भाषाको कक्षा ३ को पाठ्यपुस्तक विमोचनको अवसर पारेर रिदुम खिमको थ्रिडि नक्सा सार्वजनिक गरिएको किराँत रदु नाछिरिङ साखामले जनाएको छ ।