सिन्धुली। सहरीकरण बढेसँगै मरिण गाउँपालिकामा संघीय सरकारको सहयोगमा बृहत्तर खानेपानी आयोजना निर्माण सुरु भएको छ । संघ सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत १० करोड ८८ लाख रुपैयाँको लागतमा आयोजना बनाउन लागिएको हो।
सरकारले चालु आर्थिक वर्ष २०७९।८० को बजेटमा पालिकालाई नमुना सहर बनाउने घोषणा गरेको छ । सोहीअनुसार पूर्वाधार निर्माण सुरु भएको पालिकाकाले जनाएको छ। आयोजनाको खानेपानी वडा नम्बर ६ र ७ का उपभोक्तालाई वितरण गरिनेछ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कालिका बिल्डर्ससँग सम्झौता भएको छ । मरिण खोलामा डिप बोरिङ गरेर एक किलोमिटर माथि डाँडामा रहेको रिजर्भ ट्यांकीमा पानी खसालिनेछ ।