बाँके। खानेपानी मन्त्री अब्दुल खानले बाँके जिल्लामा अवस्थित राप्ती खानेपानी फिल्टर स्टेसन योजनाको निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा मन्त्री खानले अब छिट्टै खानेपानीमा रहेका माफियाहरूको अन्त्य हुने बताएका छन् । खानेपानी नै जिवन हो तर व्यवसायको नाममा खानेपानी बिक्रिवितरण गर्ने क्रममा जनता लुट्न नपाइने उनको भनाइ छ ।
खानेपानी विनाको जीवनको कल्पना समेत गर्न नसकिने बताउदै मन्त्री खानले भने अब सरकारले पनि खानेपानी बोटल र जारबाट खानेपानी उत्पादन गर्ने योजना बनाइ कार्यन्वयन गर्ने बताए ।
कर्मचारीलाई खानेपानी जनताको घरसम्म सहजरूपमा वितरण गर्न निर्देशन दिएका छन् । खानेपानी जनताको मौलिक हकमा नै पर्ने हुदाँ जनताको अधिकारसंग कसैले खेलवाड गर्न नहुने यदि खेलवाड गरेको पाइएमा जो कोहिलाई पनि कारबाहिको दायरामा ल्याइने बताए । इमान्दारीका साथ काम गर्न कर्मचारीलाई मन्त्री खानले निर्देशन दिएका छन् ।