वीरगञ्ज । नेपालमा पहिलो पटक भारतबाट नीजि कार्गो रेल वीरगञ्जसम्म आइपुगेको छ । यो भन्दा अगाडी भारतीय स्वामित्वमा रहेको रेल मात्र नेपाल आउने गरेको थियो तर नीजि कार्गो रेल नीजि क्षेत्रको सबैभन्दा पहिलो रेल हो । गत वुधबार भारतको हल्दियाबाट वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा नीजि रेल आइपुगेको हो।
नीजि कार्गो रेल नेपालको सिमासम्म ल्याउन सम्भव भएकोले भारतसँग गएको असार २५ गते सम्झौता गरी नीजि रेल गत वुधवार वीराटनगरसम्म ल्याइएको हो।अहिले नीजि क्षेत्रले हप्तामा २ दिन नीजि रेल सेवा प्रदान गर्ने भएको छ।
नीजि रेल विस्तारले नेपाल-भारत र तेस्रो मुलुकको ब्यापारमा सहजीकरण ल्याउने छ । मालसामानहरु रेलमार्गबाट आयात निर्यात गर्दा प्रतिस्पर्धा थपिएपछि निर्यातको भाडामा पनि कमि आउने सम्भावना छ। नीजि रेल सञ्चालन पश्चात नेपाली आयातकर्ताको सामान सही समयमा किफायती भाडामा आउने छ । सिर्सिया सुख्खा बन्दरगाह कम्पनी प्रिस्टन भ्यालीले आफ्नै रेल सञ्चालन गर्ने योजनालाई अघि बढाएको छ।
भारतीय हिन्द टर्मिनल कम्पनीले पहिलो पटक हल्दिया बन्दरगाहबाट कन्टेनर बोकेर रेल नेपाल पठाएको थियो। हिन्द टर्मिनलले २००५ देखि मुम्बईमा वेयरहाउस सञ्चालन गर्दै आएको थियो भने अहिले आफ्नै रेल सञ्चालन गर्दै आएको छ।