काठमाडौं। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले पुल अलपत्र बनाउने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै समयमा काम नगर्ने निर्माण कम्पनी ब्रदर्स।सगरमाथा जेभीसँग स्पष्टीकरण मागेको हो।
उक्त निर्माण कम्पनीले झापाको हडिया खोला पुल निर्माणकोको जिम्मा लिएको थियो। कार्यालयले सूचना जारी गर्दै ७ दिनभित्र जवाफ दिनुपर्ने गरी स्पष्टीकरण मागेको हो।
काम अलपत्र छाडेपछि सरोकारवालाले चासो दिएका छन्। त्यसैले सुपरिवेक्षण कार्यालयको ध्यानाकर्षण भएको हो।
निर्माण कम्पनीलाई कार्यालयले निर्माण सम्पन्न गर्नको लागि पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरी पुल निर्माण काम अलपत्र पारेको सूचनामा उल्लेख छ।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा विश्वसनिय आधार सहितको स्पष्टीकरण नबुझाएमा यसै सूचनालाई अन्तिम ताकेता मानि ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाईने सूचनामा उल्लेख गरिएको छ।