काठमाडौं। दोलखाको मुडे–चरिकोट खण्ड वर्षौदेखि अलपत्र परेपछि स्थानीय भौतिक योजनामन्त्री रेणुकुमारी यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको तस्बिरसहितको फ्लेक्स सार्वजनिक सवारीसाधनमा टाँसेर त्यहाँका स्थानीयहरु विरोधमा उत्रिएका छन्।
लगातार जनताले सास्ती पाउँदा पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरुले वास्ता नगरेपछि स्थानीय विरोध प्रदर्शन गर्न बाँध्य भएको मुडे–चरिकोट सडक संघर्ष समितिका संयोजकले जानकारी गराएका छन्।
०७२ भदौमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय कम्पनी सकिल हैदर र नेपाली कम्पनीहरू शंकरमाली–सुनौला खिम्ती जेभीले ठेक्का पाएका थिए। तर, सम्झौताको ६ वर्ष बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक निर्माण नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्।