पोखरा । पोखरा महानगरपालिकाले पार्क निर्माण गर्ने भएको छ। महानगरपालिकाले विश्वका सबै देशको झण्डा राखेर पार्क निर्माण गर्ने भएको हो।
महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्कको शिलान्यास मेयर धनराज आचार्यले गरेका छन्। सो पार्क लायन्स क्लबहरुको सहयोगमा निर्माण गरिने भएको हो।
चार तहको प्यारापिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु राखिने छन् । बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताइएको छ। पार्क निर्माणमा पोखरा महानगर सहित लायन्स क्लब र एनआरएनएको समेत झन्डा फहराइने महानगरले जनाएको छ ।
४५ दिनमा निर्माण सक्ने गरी सम्झौता भएको योजनामा लायन्स क्लबहरुले ७० लाख सहयोग गर्ने छन् । बाँकी रकम महानगरले लगानी गर्ने छ ।