एजेन्सी। रेलमार्ग निर्माणका लागि रुस र इरानबीच सम्झौता भएको छ। दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर भएको हो।
उत्तरी इरानी सहर राष्ट्र र अस्ताराबीच १६२ किलोमिटर लामो रेलमार्ग अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात मार्गको एक भागका रूपमा निर्माण गरिने इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।
इरानका राष्ट्रपति इब्राहिम राइसी र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन भिडियो कन्फरेन्समार्फत सम्झौता हस्ताक्षर समारोहमा सहभागी भएका थिए । सम्झौताअनुसार रूसले रणनीतिक रेलमार्ग निर्माणमा १ अर्ब ६० करोड युरो (१ अर्ब ७३ करोड अमेरिकी डलर) लगानी गर्नेछ, जुन चार वर्षमा पूरा हुने अपेक्षा गरिएको छ ।