सिमकोट। सिमकोटमा रहेको ठुलो चट्टानी ढुङ्गामाथि देवताको मन्दिर (माडु) निर्माण गरिएको छ। जमिनबाट २५ मिटर अग्लो ढुङ्गालाई निर्माण समितिले केही भाग सम्याएर निर्माण गरेको हो ।
ढुङ्गाको सदुपयोग हुने र कलात्मक पनि देखिने भएपछि स्थानीयले मन्दिर निर्माण गरेका हुन्। यो भन्दा पहिले उक्त देवताको मन्दिर अर्कै ठाउँमा रहेको थियो। अहिले ढुङ्गामाथि ल्वाखुट देवताको मन्दिर निर्माण गरिएको सिमकोट गाउँपालिकाले जनाएको छ।
मन्दिर भएको ढुङ्गाको दुवैतर्फ र अगाडिको खाली भागमा सिमेन्टले प्लास्टर गरी सुरक्षित रूपमा निर्माण गरिएको बताइएको छ।
मन्दिर निर्माणका लागि कर्णाली प्रदेश सरकारले बिस लाख रुपियाँ आर्थिक सहयोग गरेको गाउँपालिकाको भनाइ छ। कर्णाली प्रदेश सभाका सदस्यहरूले आफ्नो पूर्वाधार विकास कार्यव्रmमबाट लागत बेहोर्ने गरी बजेटको ब्यवस्था गरिएको हो।