काठमाडौं। बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि गाडीको भाडा घटेको छ। मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ ।
काठमाडौं उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५.६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयले जनाएको छ।