काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्गो रेल सेवाको उद्घाटन गरेका छन्। भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज भारतबाट रेल नेपाल आएको छ।
कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिँगारिएको छ । रेल हेर्ने स्थानीयको भिड लागेको थियो भने उद्योगी व्यवसायीले रेललाई स्वागत गरेका छन्। फूल मालाले सिँगारेर रेललाई पनि चिटिक्क पारिएको छ ।