चितवन। इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । पुनःनिर्माण सम्पन्न भएपछि उक्त मन्दिर भक्तजनका लागि खुला गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार उक्त मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको बताइएको छ।
बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको हा।
सो मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने गाउँपालिकाले जनाएको छ।