रुकुमपुर्व। हालसम्म सडक पुर्वाधार विकास कार्यालयले जिल्लामा लगभग २० किलोमिटर भन्दा बढी सडकका नयाँ ट्रयाक खुलेको छ। जील्लामा विसं २०७६ को पुस २४ गते स्थापना भएको कार्यालयले अहिलेसम्म २० किलोमिटर ४० मिटर सडकका नयाँ ट्रयाक खुलेको हो।
कार्यालय प्रमुखका अनुसार १५ किलोमिटर ६४ मिटर सडकको स्तरोन्नति गरिएको छ। उहाँका अनुसार भुमे गाउँपालीकाको दामै दोभानको एउटा झोलुङ्गे पुलको मर्मत गरिएको छ भने पुथाउत्तरगंगा गाउँपालीका सल्ली , बिसौना , कागखोला लगाएत तीपई दोभानमा १२० मिटर भन्दा लामा तीन झोलुङ्गे पुल निर्माण गरिएको छ।
चार वटा सडक पुल निर्माण भईरहेका छन् भने सिस्ने र भुमेको बालुमा पुल निर्माणका लागी बोलपत्र आब्ह्वान गर्न लागीएको कार्यालय प्रमुखले बताए।