काठमाडौं। नेपालको आर्थिक वर्ष २०८०/८१ को बजेटबाट रेल्वेका लागि तीन अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ। पूर्व–पश्चिम रेल, जयनगर–जनकपुर रेल, काठमाडौंमा मेट्रो रेलको लागि तीन अर्ब ७५ करोड रकम विनियोजन गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका हुन्।
मन्त्री ज्वालाले आइतबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नमा जवाफ दिँदै यातायातका माध्यमहरु मध्य रेल यातायात तुलनात्मक रुपमा सस्तो यातायातको साधन भएको र देशमै उत्पादिन विद्युत खपत गरेर यसको प्रयोग बढाउनु पर्ने सुझव स्वागतयोग्य भएको बताए। उनले पूर्व–पश्चिम रेल, जयनगर–जनकपुर रेल, काठमाडौंमा मेट्रो रेलको लागि न्यून बजेट विनियोजना भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए। उनले श्रोतको अभावामा न्यून बजेट विनियोजन गर्नु परेको भन्दै मन्त्रालयमा थप बजेट उपलब्ध गरि द्रुत गतिमा काम गराउन प्रयन्तरत रहने प्रतिबद्धता समेत व्यक्त गरे।
सिमित आर्थिक श्रोतको परिचालन गरेर विकास योजनाहरुलाई निरन्तरता दिनपर्ने बाध्यताको अवस्थामा रेल सम्बन्धी कार्यको लागि तिनवटा निकायहरु कार्यरत रहँदा काममा दोहोरोपना हुन जाने देखिएको र रेल्वे बोर्डको खारेजीको कारणले रेल्वेको विकासमा समस्या पर्ने नदेखिने समेत उनले स्पष्ट पारे।