काठमाडौं। ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र पोखरा १७ महतगौडास्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर परिसरमा शिवलिङ्ग र गौमुखे जलधारा निर्माण गरिएको छ। उक्त मन्दिर परिसरमा १०८ शिवलिङ्ग र गौमुखे जलधारा निर्माण गरिएको हो।
साउने संक्रान्ति सोमवार हिन्दु धर्मावलम्वी भक्तजनले १०८ गौमुखे जलधारामा स्नान गरि शिवलिङ्गमा सेतीनदीवाट ल्याएको जल सहित गाईको दुध र वेलपत्र चढाउएको हिजो विहानैदेखि भिड लागेको थियो ।
प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झल्को दिने गरि ४२ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न गरिएको शिवलिङ्ग र जलधाराको पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले हिजो एक कार्यकक्रमका बीच उद्घाटन गरिन्।
व्यवस्थापन समितिको निर्णय अनुसार पितृ उद्धारका निम्ति एक जोडि शिवलिङ्ग र धारा निर्माणका लागि १५ हजार रुपैयाका दरले आर्थिक संकलन गरिएको बताइएको छ।