धनकुटा। स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा छथरजोरपाटीस्थित चुलाचुलीमा घरघरमा खानेपानीको धारा पुर्याएको छ।
बाँधबिसौना र चुलाचुलीमा एक सय पाँच घर उपभोक्ताहरुमा खानेपानीको सुविधा पुगेको हो। स्थानीय उपभोक्ताको १० लाख रुपैयाँको लागतमा गाउँमा दुई किलोमिटर माथि भुमिगत मुहान व्यवस्थीत गरी घरघरमा पानी वितरण गरिएको छ। अहिले यो गाउँमा दैनिक ३४ लिटर पानिको माग गरिएको छ।
पनिको लागी उपभोक्ताले प्रत्यक महिना ५० रुपैँया शुल्क तिनुपर्ने नियम बनाईएको छ भने पर्यात्त पानी प्रयोग गर्न पाएपछि स्थानीय पनि खुसी भएका छन्। उपभोक्ता समिती अध्यक्षका अनुसार गाँउमा खानेपानी पुर्याउने यस ठाउँका सय घर उपभोक्ताले तीन महिना सम्म श्रमदान गरेका थिए ।
निवृत्त गोर्खा सैनीकहरुको संस्थाले खानेपानी परियोजनाका लागी आवश्यक उपकरण र प्राविधिक सहयोग गरेको छ भने एक करोड रुपैँया भन्दा बढि रकम आयोजनाका लागी स्थानीय उपभोक्ता र ब्रिटिस गोर्खा वेलफेयर ट्रष्टको खर्च भएको जनाईएको छ।