काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको विशेष निर्देशनमा नेपाल वायुसेवा निगमको जहाजबाट बिरामीको उद्धार गरिएको छ।
जुम्लामा दुर्घटनामा परी विगत ६ दिनदेखि गम्भीर बिरामी भई उपचारको पर्खाइमा रहेका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट उद्दार गरिएको हो।
बिरामीलाई तत्काल थप उपचारको लागि नेपालगञ्ज लैजानुपर्ने भएपनि खराब मौसमको कारण विगत केही दिनदेखि उडान नभएको अवस्थालाई मध्यनजर गरी मन्त्री किराँतीले विशेष निर्देशन दिए।
बिरामीको उद्धारमा विमान पठाइँदा बिहीबार आरए १२९ (ताप्लेजुङ) र आरए ११७ फाप्लु (सोलुखुम्बु) नियमित उडान भने रद्द हुन पुगेको नेपाल वायुसेवा निगमले जनाएको छ ।