बागलुङ। जिल्लाका दुई उद्यानको पुनः निर्माण गर्न सुरु गरिएको छ। बागलुङ नगरपालिकाले सदरमुकाममा रहेका पुराना उद्यानको सौन्दर्य फर्काउन भन्दै वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानको पुनः निर्माण सुरु गरेको हो।
सहरी आकर्षण बढाउन भन्दै निर्माण गरिएका उद्यान वर्षौंदेखि अलपत्र छन्। नगरप्रमुख जनकराज पौडेलले यही वर्षभित्र दुवै उद्यानको पुनःनिर्माण गरेर हेर्न लायक बनाइने बताउनुभयो। वीरेन्द्र–ऐश्वर्य उद्यान बोलपत्र मार्फत पुनर्निर्माणको प्रक्रियामा गइसकेको जानकारी दिनुभयो।