काठमाण्डौं। असार र साउनमा आएको अविरल वर्षा पछिका बाढीपहिरोका कारणले अवरुद्ध भएको मेलम्चि खानेपानी आयोजनासम्म पुग्ने तिन महिना देखि अवरुद्ध भएको सडक विस्तारै खोल्न थालिएको छ। उउक्त सडक खुलेपछि स्थानीय वासिन्दालाई आवातजावात गर्न सहज मात्र नभएर योजनास्थल सम्म पुगेर त्यहाँका संरचनाको मर्मत सम्भार पनि अगाडी बढ्ने छ।
पुलबजारबाट अम्बास्थानसम्म रहेको २२ किमी सडकमध्येबाट १४ किमी बाटो खुलिसकेको छ भने ८ किमी सडक चनौटेबाट अगाडी खुलाउन बाकी छ, यस ठाउँमा रातो पुल बगाएपछि बाटो अगाडी बढाउन नसकिएको हो। पुलबजारबाट बाटो खोल्दै जाँदा चनौटेबाट अम्वास्थानसम्मको दुई वटा पुलहरु बगाएको कारणले गर्दा बेलीब्रीज नबनाएसम्म यातायात आवातजावात गर्न समस्या हुने भएको छ।
उक्त स्थानमा न्वार खोलामा सडक कटान भएकोले गर्दा हाल साना सवारी साधन मात्र आवातजावात भइरहेका छन्। यही सडकको मर्मत सम्भार पछि मात्र ठुला सवारी साधनहरु आवातजावात गर्न सक्नेछन्।
चनौटेसम्म यात्रुबाहक बस चलेमा हेलम्बुका जनतालाई पनि आवातजावातमा सहज हुनेछ। पहिला आवातजावातमा नै समस्या भएको भकएतापनि अहिले काठको पुल बनाएर हिड्न थालेका छन्। राष्ट्रिय गौरबको रुपमा मेलम्चि खानेपानी आयोजनामा ठुलो हानी भएको भएतापनि त्यसको यकीन हुन भने सकेको छैन।