पोखरा। पोखराको विन्ध्यवासिनी मन्दिरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो ।
बिन्ध्यवासिनी नवदुर्गा शोभा यात्रा असोज २८ गते बिहान ७ बजे बिन्ध्यवासिनी पार्कमा हुने छ भने, श्रीमद्देवी भागवत ज्ञान महायज्ञ असोज २८ गते नै बिहान ९ बजे देखि १२ बजे सम्म र दिउसो २ बजे बाट अपराहन्ह ४ बजे सम्म हुने छ । उक्त अवसरमा प्रत्येक साझँ आरती समेत हुने छ ।