धरान। धरान उपमहानगरपालिकाको वडा २० मा रहेको सर्दुखर्दु खोलाको छेउमा पार्क निर्माण गरिएको छ। उक्त पार्क श्रमदान र सहयोगमा निर्माण गरिएको हो।
पार्क निर्माण भएपछि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ। स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज राई नगर प्रमुखमा विजयी भएपश्चात् धरानमा श्रमदानको सुरुवात भएसँगै धरान २० मा रहेको सर्दखर्दु खोलामा श्रमदान र सहयोगमा पार्क निर्माण गरेपछि आन्तरिक पर्यटक नगर प्रमुख हर्कराज राईले श्रमदान र सहयोगमार्फत बनाएको पार्क हेर्न नेपालभरदेखि पर्यटक आउने गरेको छ।
केही समय अगाडिसम्म खहरे खोलामा मात्र सीमित रहेको सर्दखर्दु खोलामा हाल ५ वटा पार्कहरू निर्माण भएका छन्। खहरे खोला छेउमा श्रम संस्कृति पार्क, आरा पार्क, बिपी पार्क, रक गार्डेन, एस एन एस पार्क र यहाँ ओसोको ध्यान गर्ने स्थल भएकोले कतिपयले यसलाई ओसो पार्क नामले पनि चिन्दछन्।