मकवानपुर। उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ । साढे दुई करो लगानीको खानेपानी आयोजना निर्माण सुरु भएको हो।
थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो ।
‘एक घर एक धारा’ अवधारणा अनुसार २०५ घरलाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु भएको थाहा नगरपालिकाले जनाएको छ। वडाका सबै विद्यालय, सामुदायिक संस्था र व्यक्तिगत गरी २२१ वटा धारा जडान गर्ने योजना रहेको छ ।
निर्माणाधीन आयोजनाको निर्माण लागत थाहा नगरपालिका, च्वाइस नेपाल र स्थानीय जन श्रमदान गरी दुई करोड ५९ लाख ९० हजार ५०८ रुपियाँ रहेको छ । दुई आर्थिक वर्षमा थाहा नगरपालिकाको कुल ६० लाख रुपियाँ लागत साझेदारी रहने भएको छ ।